माओवादी अभियानप्रति बाबुरामको व्यंग्य- सय मुसा खाएर तीर्थयात्रामा हिँडेको बिरालोजस्तो !

नेपालभ्युज

माओवादी अभियानप्रति बाबुरामको व्यंग्य- सय मुसा खाएर तीर्थयात्रामा हिँडेको बिरालोजस्तो !

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रले थालेको ‘जनतासँग माओवादी’ अभियानलाई व्यंग्य गर्दै सय वटा मुसा खाएर बिरालोको तीर्थयात्रा जस्तो भएको बताएका छन् ।

अनेक भ्रष्टाचार र अनियमिततामा कीर्तिमान खडा गरेर माओवादीले भ्रम छर्नका लागि अभियान चलाएको उनको भनाइ छ ।

‘सय वटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिँडेथ्यो रे ! केही पुराना दल र नेता राज्यसत्ताको चरम दोहनरभागबण्डा, कमिसनखोरी, शक्तिकेन्द्रहरूको दलाली, आसेपासेहरूको घिनलाग्दो जालो निर्माण, विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासिता लगायतका दुष्कर्मका अनगिन्ती कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नु उस्तै उस्तै भएन र ?’ उनले ट्वीटरमा लेखेका छन् ।

माओवादीले हिजोदेखि ‘जनतासँग माओवादी’ नामक तीनदिने अभियान सुरु गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved