गायिका रेश्मा सुनुवारको भव्य बिदाइ 

नेपालभ्युज

गायिका रेश्मा सुनुवारको भव्य बिदाइ 

काठमाडौं। म्युजिकल नाइट २०८० कार्यक्रमको आयोजना गर्दै नेपाली कलाकारहरूले साङ्गीतिक क्षेत्रका एक चम्किलो तारा रेश्मा सुनुवारलाई भव्य रूपमा बिदाइ गरेका छन् । शनिबार म्युजिकल नाइटको आयोजना गर्दै उनीहरूले सुनुवारलाई बिदाइ गरेका हुन् ।

गायिका रेश्मा सुनुवार चाँडै विदेश बसाइमा जाने भएकाले आयोजक टिमले उनको सम्मान र शुभ यात्राको कामनास्वरूप उक्त कार्यक्रमको आयोजना गरेका थिए ।

कार्यक्रमको आयोजना गायक प्रदेश लिम्बुले गरेका हुन । उनले गायिका सुनुवारलाई सम्मान स्वरूप ‘म्युजिकल नाइट २०८० फेरवेल टु सिंगर रेश्मा सुनुवार’ मनाएको बताए । साथै, उनले गायिका सुनुवारको वैदेशिक यात्रा सफल रहोस् भनी कामनासमेत गरेका छन् । कार्यक्रममा बोल्दै उनले उक्त प्रोगामले साङ्गीतिक क्षेत्रका छरिएका ताराहरूलाई समेत एक बनाएको बताए ।

उनले भने, ‘यो कार्यक्रम खासगरी रेश्मा दिदीको बिदाइको लागि अर्गनाइज गरिएको हो । तर यसले साङ्गीतिक क्षेत्रका अन्य छरिएर रहेका ताराहरूलाई पनि एक बनाउनमा महत्त्वपूर्ण भूमिका खेलेको छ जुन कुरा एकदमै राम्रो हो ।’

गायिका रेश्मा सुनुवारले आफ्नो प्रस्तुति देखाउँदै उक्त कार्यक्रम गरेर आफूलाई सर्प्राइज दिएकोमा आयोजक टिमप्रति आभार प्रकट गरिन साथै उनले उपस्थित सबैलाई धन्यवादसमेत ज्ञापन गरेकी छिन् । सुनुवारको बिदाइ गर्दै उनलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । उनीलगायत उपस्थित सबै कलाकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा दीपेश वैद्य, रेश्मा सुनुवार, छिरिङ, प्रेम परियार, विनय केटु, शारदा थापा, ज्योति मगर लगायतका विभिन्न कलाकारहरूको उपस्थिति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved