जुम्लाका माओवादीले अब मदिरा पिउन र जुवातास खेल्न नपाउने

नेपालभ्युज

जुम्लाका माओवादीले अब मदिरा पिउन र जुवातास खेल्न नपाउने

सुर्खेत । नेकपा (माओवादी केन्द्र) जुम्लाले आफ्ना नेता तथा कार्यकर्तालाई मदिरा सेवन र जुवातास खेल्न रोक लगाएको छ ।

भोलिदेखि ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नारासहित तीनमहिने पार्टी रुपान्तरण अभियान चलाउन लागेको माओवादीले आफ्ना नेता तथा कार्यक्रतालाई पनि रुपान्तरण गर्नका लागि मदिरा सेवन गर्न र जुवातास खेल्न रोक लगाएको हो ।

माओवादी पार्टीलाई अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रुपमा प्रस्तुत गर्न यस्तो निर्णय गरिएको माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाका संयोजक वीरवहादुर कुँवरले बताए ।

‘मदिरा, जुवातास, बालविवाह, बहुविवाह र भ्रष्टाचार नगर्न–नगराउन एक विशेष संकल्प प्रस्ताव पारित गरिएको छ’, उनले भने ,‘हामी रुपान्तरण नभए समाज रुपान्तरण गर्न नसकिने भएकाले पूर्ण प्रतिबन्ध लगाएका छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved