मुस्लिम भन्दै ट्रोल गर्नेलाई राखी सावन्तको यस्तो जवाफ

नेपालभ्युज

मुस्लिम भन्दै ट्रोल गर्नेलाई राखी सावन्तको यस्तो जवाफ

एजेन्सी । बलिउड अभिनेत्री राखी सावन्त हालै उमराह गर्न मक्कामदीना पुगेकी थिइन् । उनले त्यहाँका फोटो तथा भिडिओ समेत शेयर गरेकी थिइन् ।

उनी उमराहपछि भारत फिर्ता आइसकेकी छन् । मुम्बई विमानस्थलमा उनले हिजाब लगाएको देखिएको थियो । राखीलाई उक्त अवसरमा फूल मालाले स्वागत गरिएको थियो ।

एकथरीले भने मक्कामदीना गएकोमा राखीलाई ट्रोल गरेका थिए । ट्रोलको जवाफ दिँदै उनले भनिन्, ‘जो व्यक्ति मुसलमान भएर मन्दिर जान्छन् उनीहरुलाई त केही भन्दैनौं । यदि कोही हिन्दु केटी मुसलमान भई भनेर तपाईंहरुलाई के समस्या भयो ?’

राखीले आदिल दुर्रानीसँग निकाह गरेपछि इस्लाम कबूल गरिसकेकी थिइन् । हाल राखी र आदिल भने अलग भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved