देशलाई स्वाधीन बनाउनका लागि समाजवादी मोर्चा : विप्लव

देशलाई स्वाधीन बनाउनका लागि समाजवादी मोर्चा : विप्लव

सुर्खेत। नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले राजनीतिक रूपमा स्वाधीन बनाउनका लागि समाजवादी मोर्चाका बनाएको बताएका छन् । कर्णाली प्रदेशमा आयोजना गरिएको ‘सन्देश सभा’लाई सम्बोधन गर्दै देशको राजनीति उपलब्धि रक्षा गर्न र स्वाधीन बनाउनका लागि समाजवादी मोर्चा गठन गरिएको बताएका छन् ।

देशमा गणतन्त्र आए पनि त्यसले पूर्णता नपाएको महासचिव चन्दले बताए । ‘गणतन्त्र छ संघीयता छ । जे सुकै नाम भए पनि पूर्णता छैन्,’ उनले भने,‘यसमाथि घेराबन्दी गरिएको छ । नेपाललाई पश्चगमनमा फर्काउन तत्व सलबलाई राखेका छन् ।’

समाजवादी मोर्चा दुईवटा लक्ष्यका लागि गठन गरिएको चन्दले बताए । ‘समाजवादी मोर्चा देशलाई स्वाधीन बनाउनका लागि समाजवादी मोर्चा बनाएका हौं’, उनले भने, ‘राजनीतिक उपलब्धिको रक्षा गर्ने र अर्को हाम्रो देश स्वाधीन बनाउने लक्ष्य रहेको छ । जनताका सपना अझै पूरा नभएका कारणले अहिले समाजवादी मोर्चा रहेको छ ।’

अहिले प्रचण्डको सरकार जनपक्षीय भए पनि सत्ता अहिले पनि पुँजीवादी दलालको हातमा रहेको चन्दले बताए । ‘अहिले व्यवस्थाले जनताको सेवा गर्दैन’, उनले भने,‘जनताको व्यवस्था ल्याउनका लागि नयाँ क्रान्तिको आवश्यकता रहेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved