एमालेको केन्द्रीय कमिटी बैठक धनगढीमा हुने

नेपालभ्युज

एमालेको केन्द्रीय कमिटी बैठक धनगढीमा हुने

काठमाडौं । नेकपा एमालेले कैलालीको धनगढीमा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ । सिराहाको सर्रे अम्बामा बसेको सचिवालय बैठकले अबको केन्द्रीय कमिटी बैठक धनगढीमा गर्ने निर्णय गरेको हो ।

बैठक मंसिर तेस्रो सातामा हुने एमालेले जनाएको छ ।

त्यस्तै एमालेले पुष्पलाल मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान पनि सञ्चालन गर्ने भएको छ । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म युवा केन्द्रित अभियान सुरु गर्ने पनि एमालेले निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकअघि पोलिटब्युरोको बैठक बस्ने एमालेले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved