अर्जुन कपूरसँग नाम जोडिएपछि यस्तो जवाफ दिइन् कुशा कपिलाले

नेपालभ्युज

अर्जुन कपूरसँग नाम जोडिएपछि यस्तो जवाफ दिइन् कुशा कपिलाले

एजेन्सी । हिजोआज अभिनेता अर्जुन कपूर र मलाइका अरोडाको ब्रेकअफका खबर बाहिर आइरहेका छन् । यहीबीच अर्जुन कपूरको अरु कसैसँग सम्बन्ध जोडिएको खबर पनि समाचारमा आइरहेको छ ।

हालै करण जौहरले आफ्नो घरमा एउटा पार्टी राखेका थिए । जहाँ अर्जुन कपूर एक्लै देखिएका थिए र मलाइका अरोड भने त्यहाँ थिइनन् । तर कुशा कपिला भने उक्त पार्टीमा देखिएकी थिइन् ।

अब सामाजिक सञ्जालहरुमा इन्फ्लुएन्सर कुशा कपिलाको नाम अभिनेता अर्जुन कपूरसँग जोडिन थालेको छ । जसलाई लिएर हालै उनले जवाफ दिएकी छन् ।

कुशा कपिलाले भनेकी छन्, “दैनिक आफ्नो बारेमा यति धेरै बकवास पढेर मलाई आफ्नो सामान्य परिचय दिनु पर्नेछ । आशा गर्छु, मेरी आमासम्म यी सबैका बारेमा कुरा नपुगोस् । नत्र उनको सामाजिक जीवनमा एकदमै ठूलो झट्का लाग्नेछ ।”
त्यस्तै कुशाले सामाजिक सञ्जालमा फैलिरहेका यी अफवाहका बारेमा अर्को प्रतिक्रिया पनि दिएकी छन् भने अभिनेता अर्जुन कपूर यी सबै खबरहरुलाई लिएर शान्त बसिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved