देउवाको अपिलः धरानमा एकजुट भएर सद्भाव कायम राखौं

नेपालभ्युज

देउवाको अपिलः धरानमा एकजुट भएर सद्भाव कायम राखौं

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धरानमा एकजुट भएर सद्भाव कायम राख्न अपिल गरेका छन् । धरान घटनाको सम्बन्धमा सभापति देउवाले आपसी एकता र सद्भाव कायम राख्न अपिल गरेका हुन् ।

‘केही दिनयता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति नेपाली काँग्रेस गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक, राजनैतिक गर्दछ। समग्र सद्भावका लागि सार्वजनिक अपिल गर्दछ,’ शनिबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन् ।

कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुऱ्याउन उचित नहुने उनको भनाइ छ। ‘नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याइ आ-आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन,’ उनले अगाडि थपेका छन् ।

सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नरहेको सभापति देउवाले बताएका छन् । ‘नेपालीको भावना र चाहनाविपरीत धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन,’ उनले भनेका छन्, ‘यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य/अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved