गदर हेरेपछि भन्सालीले अमीषा पटेललाई दिएका थिए सन्यास लिने सल्लाह

नेपालभ्युज

गदर हेरेपछि भन्सालीले अमीषा पटेललाई दिएका थिए सन्यास लिने सल्लाह

एजेन्सी । बलिउड अभिनेत्री अमीषा पटेल अहिले आफ्नो फिल्म ‘गदर २’ को सफलतामा खुसीयाली मनाइरहेकी छन् । यो फिल्ममा सनी देओलले प्रमुख भूमिका छ ।

अभिनेत्रीले हालै पुरानो गदरको समय सम्झँदै केही खुलासा गरेकी छन् । उनले भनेकी छन्, संजय लीला भन्सालीले गदर फिल्म देखेपछि अभिनेत्रीलाई सन्यास लिने सल्लाह दिएका थिए ।

अमीषाले बलिउड हंगामालाई भनेअनुसार गदर फिल्म हेरेपछि भन्सालीले एउटा सुन्दर प्रसंशा पत्र लेखेका थिए । जब अमिषाले फिल्म निर्देशक भन्सालीसँग भेटिन् त्यतिबेला उनले भने, “अमीषा, अब तिमी रिटायर्ट भए हुन्छ ।” अमीषाले किन भनेर प्रश्न गरिन् । भन्सालीको जवाफ थियो, ‘किनकी तिमिले पहिले नै दुईवटा फिल्ममा त्यो उचाईं हासिल गरिसकेको छौ, जो धेरैजसोले आफ्नो सम्पूर्ण करिअरमा पनि पाउन सक्दैनन् ।’

त्यतिबेला भन्सालीले गरेको प्रसंशा उनले बुझ्न सकिनन् । तर उनको डेब्यू फिल्म ‘कहो ना प्यार हे’ र पछि गदर फिल्म यति धेरै हिट भएक कि उनीप्रति प्रसंशकको ठूलो आशा हुन्थ्यो । अब अगाडि कस्तो फिल्म आउँछ भनेर । जो अहिले आएर सावित भएको छ । उनका अन्य सबै फिल्म ती दुईको तुलनामा निकै फिक्का भए । उनलाई अहिले संजय लिला भन्सालीले भनेको कुरा सही सावित भएको जस्तो लाग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved