पाकिस्तानसँगको पहिलो एकदिवसीयमा अफगानिस्तान ५९ रनमा अलआउट

नेपालभ्युज

पाकिस्तानसँगको पहिलो एकदिवसीयमा अफगानिस्तान ५९ रनमा अलआउट

एजेन्सी। पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ४२ रनले हराएको छ ।

श्रीलंकाको महिन्दा राजपक्ष मैदानमा  २ सय २ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९ ओभर २ बलमा ५९ रनमा अलआउट भयो ।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाई १६ र रहमानउल्लाह गुरबाजले १८ रन बनाउनुबाहेक अरु कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका हरिस रौफले ५, शाहिन शाह अफ्रिदीले २ तथा नसिम शाहले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ४७ ओभर १ बलमा २ सय १ रनमा अलआउट भएको थियो । पाकिस्तानका इमाम उल हकले सर्वाधिक ६१ रन बनाए ।

अफगानिस्तानका मुजिबउर रहमानले ३ विकेट लिए । मोहम्मद नाबी र राशिद खानले समान २ विकेट लिए ।

जितसँगै तीन एकदिवसीय खेलमा पाकिस्तानले १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि बिहीवार र तेस्रो खेल शनिवार हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved