सरकारका कामबारे समीक्षा गर्न कांग्रेसका मन्त्रीहरुको बेग्लै बैठक

नेपालभ्युज

सरकारका कामबारे समीक्षा गर्न कांग्रेसका मन्त्रीहरुको बेग्लै बैठक

काठमाडौं । सरकारका कामबारे समीक्षा गर्न सत्ताघटक दल नेपाली कांग्रेसका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कांग्रेसका मन्त्रीहरुको बैठक बसेको हो ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको अगुवाइमा भएको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतबाहेक कांग्रसका मन्त्रीहरु सहभागी छन् । महत अहिले क्यानडा भ्रमणमा छन् ।

पछिल्लो समय कांग्रेसभित्रै सरकारको कामबारे तिव्र आलोचना भइरहेको छ । सरकारका राम्रा कामको जश माओवादीले लिएर नराम्रा कामको अपजश आफूहरुलाई भिराएको कांग्रेसको बुझाइ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved