एमालेबाट विद्रोह गर्नु औचित्यपूर्ण : माधव नेपाल

नेपालभ्युज

एमालेबाट विद्रोह गर्नु औचित्यपूर्ण : माधव नेपाल

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा(एमाले)बाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताएका छन्  ।

दुई दिनसम्म चलेको पार्टीको पोलिटब्युरो बैठकमा सोमवार समापन मन्तव्य राख्दै अध्यक्ष नेपालले तत्कालिन एमालेबाट बिद्रोह गरी नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको ब्रिफिङ गरेका हुन् ।

उनले आफूहरुले बिद्रोह नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, संघीयता र संसद समाप्त पारिसकेको हुने विश्लेषण सुनाए । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले बिद्रोह नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरु माथि दमन र अत्याचार हुने पनि बताए ।

त्यस्तै उनले आगामी दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर जानुपर्नेमा जोड दिएको प्रवक्ता खतिवडाले जानकारी दिए । नेपालले एकढिक्का भएर पार्टी निर्माणमा लाग्न पनि नेताहरुलाई आग्रह गरेका थिए ।अध्यक्ष नेपालको सम्बोधनबारे जानकारी दिँदै प्रवक्ता खतिवडाले भने, ‘पार्टीले अबको दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने भन्ने कुरालाई उहाँले जोड दिनुभएको छ ।’

‘हामीले विद्रोह नगरेको भए यो देशको संविधान, संघीयता र संसद सबै तत्कालिन सर्वसत्तावादको नेतृत्व गरिरहेका केपी ओलीले समाप्त गरिसक्नु हुन्थ्यो र त्यति मात्रै होइन हाम्रा विचार समूहमा रहेका सम्पूर्ण पार्टीहरु माथि, पार्टीका कार्यकर्ता माथि चरम दमन र अत्याचार गर्नुहुन्थ्यो भन्ने कुरालाई पनि उहाँले बैठकमा जानकारी गराउनु भयो, प्रवक्ता खतिवडाले भने ।’

बैठकमा पोलिटब्युरो सदस्यहरुले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा आ–आफ्नो धारणा राखेका थिए । भोलिदेखि चल्ने पार्टीको केन्द्रिय कमिटीको बैठकको पूर्वतयारीका रुपमा पोलिटब्युरो बैठकमा छलफल भएको प्रवक्ता खतिवडाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved