गर्भवती हुन चाहिरहनुभएको छ ? नखानुहोस् यस्ता खानेकुरा

नेपालभ्युज

गर्भवती हुन चाहिरहनुभएको छ ? नखानुहोस् यस्ता खानेकुरा

एजेन्सी । आमा बन्नु अधिकांश महिलाको चाहना हुन्छ । तर कतिपय महिलालाई  गर्भधारण गर्न समस्या पनि भइरहेको हुन्छ ।

यदि तपाईं पनि गर्भवती हुन चाहिरहनु भएको छ भने त्यस्ता चीजहरु खान छोड्नुहोस् । जसले गर्भधारणमा बाधा ल्याउन सक्छन् ।

रक्सी

यदि तपाईं छिट्टै गर्भधारण गर्न चाहिरहनु भएको छ भने रक्सीसँग दुरी बनाउनुहोस । रक्सीको सेवनले स्पर्म काउन्टलाई नोक्सान पुर्‍याउन सक्छ, जसले अगाडि गएर बच्चा नै नजन्मने खतरा पनि हुन्छ ।

क्याफिन

कतिपय महिला दिनभरमा एकदमै धेरै मात्रामा चिया कफी पिउने गर्छन् । यदि गर्भवती हुने योजना बनाइरहनु भएको छ भने धेरै क्याफिन पनि स्वास्थ्यका लागि राम्रो हुँदैन । यसले गर्भको म्यूकस मेंब्रेनमा नराम्रो असर पर्छ ।

अस्वस्थ खाना

प्रशोधित तथा प्रोसेस्ड फुडमा अत्यधिक मात्रामा ट्रान्स फ्याट हुन्छ । यदि तपाईंले कन्सीव गर्ने सोंचिरहनु भएको छ भने यस्तो खानेकुराले पनि बाधा पुर्‍याउन सक्छ ।

सुगर

प्राकृतिक सुगरले बेफाइदा नगरे पनि रिफाइन्ड तथा आर्टिफिशियल सुगर स्वास्थ्यका लागि एकदमै घातक हुन्छ । यस्तो सुगर प्रयोग गरिएका खानेकुराको नियमित सेवनले यौन स्वास्थ्यमा पनि प्रभाव पर्छ ।

अत्यधिक काब्र्स

कन्सीव गर्ने समयमा अत्यधिक काब्र्सको सेवन गर्नबाट पनि बच्नुपर्छ । किनकी यसले शरीरमा उच्च मात्रामा सुगरको रिस्क बढाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved