वर्ल्डलिंक र पब्जीको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी

नेपालभ्युज

वर्ल्डलिंक र पब्जीको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी

काठमाडौैं। वर्ल्डलिंक कम्युनिकेसन्सले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ। ई-स्पोर्टस् समुदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले गेमिङ प्याकेज ल्याउन लागेको हो। मोबाइल गेमिङ समुदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केही ई-स्पोर्टस् खेलाडीले परीक्षणका रूपमा प्रयोग गर्दै आएका थिए।

उनीहरूले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी एकदमै न्युन पाएको खुलासा गरेका छन्। उक्त प्याकेज ‘प्रो गेमिङ वाईफाई सिक्स’ राउटरको साथमा उपलब्ध हुने बताइएको छ। जसले गर्दा ई-स्पोर्टसमा अहिले देखिएको लेटेन्सीको समस्या सम्बोधन हुने अपेक्षा गरिएको छ।

गेमिङ प्याकेज साउन १८ गते बिहीबार राति ८ बजे भर्चुअलरूपमा सार्वजनिक गर्ने तयारी रहेको जनाउँदै वर्ल्डलिंकले  आफ्नो फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेर प्याकेज सार्वजनिक गर्ने कम्पनीको तयारी गरेको छ।

कम्पनीका अनुसार पब्जीसँगको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो प्याकेज ल्याउन लागिएको हो। नेपालमा मोबाइल गेमिङमा सक्रिय प्रयोगकर्ताको संख्या ४५ लाख हाराहारी छ। जसमध्ये ८० प्रतिशतले मोबाइलबाटै गेम खेल्छन् भने १५ प्रतिशतले पिसीको प्रयोग गर्छन् र ५ प्रतिशतले गेमिङ कन्सोलको प्रयोग गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved