सेवाग्रहीबाट घुस लिएको आरोपमा पक्राउ परे प्रहरी वरिष्ठ हवल्दार

नेपालभ्युज

सेवाग्रहीबाट घुस लिएको आरोपमा पक्राउ परे प्रहरी वरिष्ठ हवल्दार

काठमाडौं ।  प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंह सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बुधबार सिंहलाई बुढानिलकण्ठ-२, वासिकबाट नियन्त्रणमा लिएको हो ।

सिंहले कुख्रे खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्कने वालुवा व्यवस्थापन कार्य सहजिकरण गर्न सेवग्राहीबाट एक लाख  घुस लिईसकेको अनुसन्धानमा खुलेको छ ।

सो विषयमा  थप अनुसन्धान जारी रहेको अनुसन्धानमा खटिएका एक अधिकारीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved