चिनियाँ विदेशमन्त्री १ महिनादेखि गायब, अमेरिकी पत्रकारसँग प्रेममा परेकाले नियन्त्रणमा राखिएको हो ?

फु हङकङस्थित फिनिक्स टिभीमा रिपोर्टरको काम गर्दछिन्। उनले सन् २०२२ को मार्चमा क्विन गेंगको अन्तर्वार्ता लिएकी थिइन् । उनले सामाजिक सञ्जालमा पिताको नाम नखुलाइएको बच्चाको फोटो राख्ने गरेकी थिइन । टाइम म्यागजिनका अनुसार फु पनि करिब १ महिनादेखि ‘गायब’ छन् ।

नेपालभ्युज

चिनियाँ विदेशमन्त्री १ महिनादेखि गायब, अमेरिकी पत्रकारसँग प्रेममा परेकाले नियन्त्रणमा राखिएको हो ?

काठमाडौं । चिनियाँ विदेशमन्त्री क्विन गेंग करिब १ महिनादेखि सार्वजनिक जीवनमा देखिएका छैनन् । उनको स्थितिबारे चिनियाँ विदेश मन्त्रालयले कुनै सूचना सार्वजनिक पनि गरेको छैन । विदेशमन्त्री क्विन ‘गायब’ हुनुलाई विश्व सञ्चार माध्यमले रहस्यमयी मानेका छन् ।

हुन त, चीनमा यस्ता घटनालाई कुनै नयाँ कुरा मानिँदैन। यसअघि चिनियाँ अर्बपति ज्याक मा करिब ४ महिना ‘गायब’ भएर फेरि सार्वजनिक जीवनमा देखिएका थिए । यहाँसम्म कि, राष्ट्रपति सि चिन फिङको जीवनमा पनि यस्तो भएको थियो । राष्ट्रपति हुनुअघि सन् २०१२ मा सी २ हप्ता ‘गायब’ भएको हल्ला चलेको थियो ।

विदेशमन्त्री क्विन गेंग राष्ट्रपति सीका नजिकका सहयोगी तथा विश्वासपात्र मानिन्छन् । सन् २०२३ को डिसेम्बरमा उनी विदेशमन्त्री नियुक्त भएका थिए । त्यसअघि उनी १७ महिना अमेरिकाका लागि चीनका राजदूत थिए । त्यसअघि उनी चिनियाँ विदेश मन्त्रालयका एक उच्च अधिकारी र दक्ष कूटनीतिज्ञ मानिन्थे ।

क्विन गेंगले विदेश मन्त्रालय सम्हाल्नुअघि निरन्तर १० वर्ष वाङ यी विदेशमन्त्री थिए । अहिले उनी केन्द्रीय विदेश मामिला आयोगका निर्देशक छन्। जुलाई ४ मा विदेशमन्त्री क्विन गेंगको युरोपियन युनियनका विदेश मामिला प्रमुख जोसेफ बेरोलसँग एक उच्चस्तरीय बैठक गर्ने कार्यक्रम थियो । तर, दुई दिनअघि त्यो कार्यक्रम रद्द भएको सूचना गरिएको थियो ।

जुलाई १० मा उनको इन्डोनेसिया जाने कार्यक्रम थियो । उनी त्यहाँ पनि गएनन् । स्वास्थ्य ठीक नभएकोले भ्रमण रद्द गरिएको विज्ञप्ति विदेश मन्त्रालयले निकालेको थियो । जुन २५ पछि विदेशमन्त्री क्विन कतै देखिएका छैनन् ।

चीन एकदलीय कम्युनिस्ट शासन भएको देश हो । चीनमा यस्तो घटना हुनुको ३ वटा कारण हुन सक्दछन् ।

पहिलो– सरकार वा पार्टीले नै उनलाई गोप्य रहन भनेको हुनु सक्दछ ।

दोस्रो– नेतृत्वसँग कुनै गम्भीर विमति भएको र त्यसको ‘सेटल’ हुन बाँकी भएकोले त्यसो गरिएको हुन सक्दछ ।

तेस्रो– व्यक्तिको स्वास्थ्य वा निजी जीवनमै कुनै समस्या आएको हुन सक्दछ ।

विदेशमन्त्री क्विनको बारेमा पनि सञ्चारमाध्यमले यस्तै केही हुन सक्ने अनुमान गरेका छन् । या त उनी अस्वस्थ हुन सक्दछन्, या राष्ट्रपति सीसँग उनको कुनै गम्भीर मतभेद भएको हुनुपर्दछ ।

उनको बारेमा अर्को एउटा हल्ला पनि छ । त्यो हो– अमेरिकी टिभी एंकर फु जियोतियानसँगको प्रेम सम्बन्ध र त्यसले निम्त्याएको संकट । फु चिनियाँ मूलकी अमेरिकी नागरिक हुन् । द विकका अनुसार क्विन गेंग र जियोतियानबीच विवाहविनै एक बच्चाको जन्म भएको छ ।

५७ वर्षीय विदेशमन्त्री क्विन विवाहित हुन् र उनको एक छोरा पनि छन् । चिनियाँ कम्युनिस्ट पार्टीले अवैधानिक यौन सम्बन्धको मुद्दामा क्विनलाई सोधपुछ गरिरहेको वा कुनै दण्ड दिएको पनि हुन सक्ने सम्भावना छ ।

फु हङकङस्थित फिनिक्स टिभीमा रिपोर्टरको काम गर्दछिन्। उनले सन् २०२२ को मार्चमा क्विन गेंगको अन्तर्वार्ता लिएकी थिइन् । उनले सामाजिक सञ्जालमा पिताको नाम नखुलाइएको बच्चाको फोटो राख्ने गरेकी थिइन ।

टाइम म्यागजिनका अनुसार फु जियोतियान पनि करिब १ महिनादेखि ‘गायब’ छन् । उनको बारेमा उनी काम गर्ने टिभीले कुनै सूचना सार्वजनिक गरेको छैन । फु अमेरिकी जासुस भएको हुनसक्ने र क्विन गेंगले कथित प्रेमिकासँग गोप्य सूचना चुहाएको हुनसक्ने आशंका पनि भइरहेको छ ।

यही सम्भावनाका बीच राष्ट्रपति सीले उनलाई पदबाट हटाउने तयारी गरेको र त्यसबारे अन्तिम निर्णय लिई नसकेको अवस्था भएकाले सार्वजनिक नभएको अनुमान समेत गरिँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved