समर्पण कार्कीले जिते ‘मिस्टर नेपाल-२०२३’ को उपाधि

नेपालभ्युज

समर्पण कार्कीले जिते ‘मिस्टर नेपाल-२०२३’ को उपाधि

काठमाडौं। मिस्टर नेपाल-२०२३ को उपाधि मोरङका समर्पण कार्कीले जितेका छन् । शनिबार सम्पन्न फिनालेमा  १० विधामा सबटाइटलका विजेता घोषित गर्दा शीर्ष उपाधि जितेका कार्कीले मिस्टर इन्टलेक्चुअल सबटाइटलसमेत जिते ।

फिनाले कार्यक्रममा काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका कृषल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए ।

यसैगरी, मिस्टर पर्सनालिटी निमेष कपाली, मिस्टर ट्यालेन्ट कृषल श्रेष्ठ, पब्लिक च्वाइस विजय दुवाडी, मस्ट फोटोजेनिक असिम लामिछाने, मस्टर पपुलर रामनाथ गिरी, मिस्टर एक्टिभ प्रेमकुमार यादव, बेस्ट स्किन मिराज कार्की, बेस्ट हेयर राजीव तिवारी, मेन्स च्वाइस लोकेश प्रधानांग घोषित भए ।

फिनालेमा पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री आँचल शर्मा, आयुष्मान घिमिरे, विश्वकरण जैन, लु लीन, मनीष डंगोल श्रेष्ठ, राजभाइ सुवाल र शैलजा अधिकारी निर्णायकको रूपमा थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved