महिला फुटबल : बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

नेपालभ्युज

महिला फुटबल : बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं। बंगलादेशसँगको मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपाल ट्राइबेकरमा विजयी भएको छ।

ढाकामा आइतबार भएको खेलमा बंगलादेशलाई नेपालले टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो । नेपालका लागि सावित्रा भण्डारी, हिराकुमारी भुजेल, दिपा शाही र अनिता केसीले गोल गरे।

गोलरक्षक अन्जना राना मगरको बाहिर गएको थियो । तर, अन्जनाले बंगलादेशका २ खेलाडीको प्रहार बचाएकी थिइन ।

निर्धारित समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा पुगेको थियो। पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

(यसअघिको समाचारमा नेपाल र बंगलादेशबीचको खेल बराबरी भएको भन्ने उल्लेख भएकोमा सच्चाएका छौं । निर्धारित समयमा खेल बराबरी भएको हुनुपर्नेमा अन्यथा भएकोमा माफी माग्दछौं )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved