शंकर कँडेल आत्महत्या प्रकरण : सीए जीवन रावल धरौटीमा रिहा

चितवनका पोल्ट्रि व्यवसायी शङ्कर कँडेल आत्महत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका चार्टर एकाउन्टेन्ट (सीए) जीवन रावल धरौटीमा रिहा भएका हुन्।

नेपालभ्युज

शंकर कँडेल आत्महत्या प्रकरण : सीए जीवन रावल धरौटीमा रिहा
सीए जीवन रावल र आत्महत्या गरेका उद्यमी शंकर कँडेल

काठमाडौं। चितवनका पोल्ट्रि व्यवसायी शङ्कर कँडेल आत्महत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका चार्टर एकाउन्टेन्ट (सीए) जीवन रावल धरौटीमा रिहा भएका हुन्।

छबिसपाथिभेरा गाउँपालिका–१, बझाङका ३६ वर्षीय रावल ‘उच्च अदालत पाटन, हेटौँडा इजलास’को आदेशमा धरौटीमा रिहा भएका हुन्।

उच्च अदालतले रावललाई साढे पाँचलाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। रावल चितवनका राजनीतिकर्मी, समाजसेवी तथा उद्यमी कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका आरोपित हुन्। उद्यमी कँडेल अनमोल फिड्स दाना उद्योगका सञ्चालक थिए भने रावल त्यहाँका लेखा प्रमुख हुन्।

१९ वैशाखमा कँडेलले आत्महत्या गरेपछि रावल २१ गते पक्राउ परेका थिए। उनी जिल्ला अदालत चितवनको आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएका थिए। थुना बाहिरै बसेर मुद्दा सामना गर्न पाउँ भन्दै उनी उच्च अदालत गएका थिए। अन्ततः पक्राउ परेको झन्डै अडाइ महिनापछि उनी मुक्त भए।

आरोपित रावलको बकपत्र – माग्नेबित्तिकै सहयोग गर्न सकिनँ, त्यही दोषमा म जेल बस्नुपर्ने ?

कँडेलले बेलचोकमा रहेको अनमोल फिड्स दाना उद्योगको कार्यालयमा झुन्डिएर आत्महत्या गरेका थिए। अनमोल फिड्स प्रालिमा आर्थिक संकट देखिएपछि कँडेलले १५ प्रतिशत शेयर बाँकी राखेर ८५ प्रतिशत शेयर व्यवसायी प्रदीप रुङ्टालाई बेचेका थिए।

आत्महत्या गरेपछि घटनास्थलमा भेटिएको सुसाइड नोटका आधारमा कँडेलका परिवारले जीवन रावलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए।

शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा र उधारो रकम तिर्न रावलले सहयोग नगरेको सुसाइट नोटमा उल्लेख थियो।

आत्मनिर्भर पोल्ट्री व्यवसाय धराशायी बन्दै, डेढ खर्बको लगानी संकटमा, सरकारसँग हारगुहार

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ

शंकर कँडेल आत्महत्या प्रकरण : दुई जना आरोपीलाई जेल चलानको आदेश

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved