अमेरिकालाई इजरायलले भन्यो : आवश्यक परे हामी एक्लै खडा हुनेछौं

नेपालभ्युज

अमेरिकालाई इजरायलले भन्यो : आवश्यक परे हामी एक्लै खडा हुनेछौं

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल एक्लै उभिन सक्ने बताएका छन् ।

नेतान्याहुको यो भनाइ यस्तो बेला आएको हो, जब अमेरिकाले इजरायलले रफाहमा कुनै ठूलो कारबाही गरे हतियार आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ ।

‘आवश्यक भएमा हामी एक्लै खडा हुनेछौं,’ नेतान्याहुले भने, ‘आवश्यक परे अन्तिम साससम्म लड्छौँ भनेर मैले पहिले पनि भनेको छु ।’

इजरायलका रक्षामन्त्री योभ गालान्टले भने, ‘मित्र र शत्रुले बुझ्नुपर्छ, इजरायललाई पछाडि छोड्न सकिँदैन । हामी बलियो छौं र हाम्रो लक्ष्य हासिल गर्नेछौं।’

बीबीसीका अनुसार अमेरिकाले मानिसको ज्यानमा पर्ने खतरालाई मध्यनजर गर्दै रफाहमा बमको ढुवानीको केहि खेप रोकेको छ ।

सोमबार इजरायलले करिब एक लाख मानिसलाई रफाह छोड्न आग्रह गरेको थियो।

इजरायलले हमासमाथि विजय हासिल गर्न रफाहमा आक्रमण गर्ने बताइरहेको छ ।

यदि इजरायलले रफाहमा ठूलो कारवाही गरेमा हजारौं मानिसको ज्यान जान सक्ने अमेरिका र अन्य संगठनहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved