शंकर कँडेल आत्महत्या प्रकरण : दुई जना आरोपीलाई जेल चलानको आदेश

नेपालभ्युज

शंकर कँडेल आत्महत्या प्रकरण : दुई जना आरोपीलाई जेल चलानको आदेश
शंकर कँडेल

काठमाडौं ।  शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा दुई जना आरोपी  पुर्पक्षका लागि जेल चलान हुने भएका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको एकल इजलासले आरोपीहरु प्रदीप रुङ्गटा र जीवन रावललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

आरोपीमध्ये  रावल प्रहरी हिरासतमा छन् भने रुङ्गटा फरार रहेका  छन् ।

शंकरका  भाइ राजन कँडेलले मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै आत्महत्या दुरूत्साहन  मुद्दा दर्ता गरेका थिए ।

भरतपुर महानगरपालिका- ३, बेलचोकस्थित आफ्नै कार्यालयमा गत वैशाख २० गते   कँडेल झुण्डिएको अवस्थामा मृत भेटिएका थिए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved