शृङ्खला खतिवडाको ट्रोल बनेपछि सिसन बानियाँको आग्रह– मेरो ‘एक्स’लाई नराम्रो नभन

नेपालभ्युज

शृङ्खला खतिवडाको ट्रोल बनेपछि सिसन बानियाँको आग्रह– मेरो ‘एक्स’लाई नराम्रो नभन

काठमाडौं। भ्लगर सिसन बानियाले पूर्वमिस नेपाल शृङ्खला खतिवडासँग नाम जोडिएपछि शृङ्खलाको नाम नलिइकन आफ्नो ‘एक्स’ लाई नराम्रो नभन्न आग्रह गरेका छन्।

केही समयअघि देखि शृङ्खला र सिसन टाढिएका छन्। तर, उनीहरू दुवैको नाम फरक फरक व्यक्तिसँग जोडिन थालेको छ। श्रृंखलाले सम्भव सिरोहियासँग विवाह गर्न लागेको खबरले बजार तातिरहँदा शृङ्खलालाई गाली आइरहेका छन्।

त्यससँगै सिसन र शृङ्खलाका पुराना फोटो–भिडियो राखेर ट्रोल भइरहेको छ। केही दिनअघि श्रृंखलाले एउटा स्ट्याटस लेख्दै सामाजिक सञ्जालप्रति आफ्नो असन्तुष्टि पोखेकी थिइन्।

बिहेबारे ट्रोल बन्न थालेपछि श्रृखलाको दिक्दारी– धन्न चाहेको बेला लगआउट गर्न सक्छु

लगतै सिसनले पनि भनेका छन्, ‘‘मलाई च्यालेन्ज गर, मलाई भन। म सहिदिन्छु। सहनलाई त म प्रो–म्याक्स हो। म सहन सक्छु। ट्रोल लिन सक्छु। तर, सबैले लिन सक्दैनन्। मेरो एक्सलाई केही नभन्नु। ऊ नेपाललाई चाहिने मान्छे हो, ऊ सबैलाई चाहिने मान्छे हो। पढेलेखेर कस्तो दामी मान्छे भइसक्यो। ऊ सहानुभूति भएको मान्छे हो । हामी सबै सामाजिक सञ्जालबाट जज गर्दिन थाल्यौँ धेरै। सी इज सच अ ब्युटिफुल पर्सन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved