बिहेबारे ट्रोल बन्न थालेपछि श्रृखलाको दिक्दारी– धन्न चाहेको बेला लगआउट गर्न सक्छु

वैवाहिक जीवनको सुरुआत गर्ने तरखरमा रहेकी पूर्वमिस नेपाल शृङ्खला खतिवडाले सामाजिक सञ्जालबाट दिक्दारी प्रकट गरेकी छिन्। सम्भव सिरोहियासँगको प्रेम सम्बन्धलाई विवाहमा बदल्ने तयारी गरिरहेकी उनले इन्स्टामा लामो स्ट्याटस् लेख्दै गुनासो पोखेकी हुन्।

नेपालभ्युज

बिहेबारे ट्रोल बन्न थालेपछि श्रृखलाको दिक्दारी– धन्न चाहेको बेला लगआउट गर्न सक्छु

काठमाडौं। वैवाहिक जीवनको सुरुआत गर्ने तरखरमा रहेकी पूर्वमिस नेपाल शृङ्खला खतिवडाले सामाजिक सञ्जालबाट दिक्दारी प्रकट गरेकी छिन्। सम्भव सिरोहियासँगको प्रेम सम्बन्धलाई विवाहमा बदल्ने तयारी गरिरहेकी उनले इन्स्टामा लामो स्ट्याटस् लेख्दै गुनासो पोखेकी हुन्।

उनले चाँडै लगनगाँठो कस्न लागेको समाचारहरू मिडियामा आइरहेका छन्। यसबारे शृङ्खला मौन छिन्। शृङ्खला यसअघि भ्लगर सिसन बानियासँग प्रेममा थिइन्।

सिसनसँग ब्रेकअपपछि उनी सम्भवसँग नजिकिएकी उनले इन्गेजमेन्ट गरिसकेको फोटो सार्वजनिक भएका थिए।

यसबारे सामाजिक सञ्जालमा भने शृङ्खलाको विवाहको प्रसङ्ग चर्चामा छ। सिसन र शृङ्खलाका पुराना भिडिओहरू टिकटक, फेसबुकमा ट्रोल बनाउँदै जिस्काउने काम भइरहेको छ।

सम्भवतः यही प्रवृत्तिबाट आजित भएर शृङ्खलाले इन्टाग्राममा दुखेसो पोखेकी हुनसक्छिन्।

‘‘मेरो वास्तविक जीवन यति पूर्ण कहिल्यै भएको थिएन । अफसोस, सामाजिक सञ्जाल भने मेरो जीवन जस्तो भएन । धन्न म कृतज्ञ छु, कम्तीमा म मेरो सामाजिक सञ्जाललाई चाहेको बेलामा लगआउट गर्न सक्छु’’ उनले लेखेकी छिन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved