भुवनले हारे साम्राज्ञीविरुद्धको मुद्दा, १० करोड माग दाबी नपुग्ने अदालतको फैसला (भिडिओ)

नेपालभ्युज

भुवनले हारे साम्राज्ञीविरुद्धको मुद्दा, १० करोड माग दाबी नपुग्ने अदालतको फैसला (भिडिओ)

काठमाडौं। १० करोड रुपैयाँ क्षतिपूर्ति पाउँ भन्दै अभिनेत्री साम्राज्ञी शाहविरुद्ध हालेको मुद्दा अभिनेता भुवन केसीले हारेका छन्।

साम्राज्ञी शाहले भुवन केसीबाट आफू दुर्व्यवहार परेको आरोप लगाएपछि भुवनले मानहानि भएको भन्दै १० करोड रुपैयाँ क्षतिपूर्तिसहित मुद्दा हालेका थिए।

काठमाडौं जिल्ला अदालतले भुवनले २०७७ साउन ९ गते साम्राज्ञी शाहविरुद्ध दिएको गाली बेइज्जती मुद्दामा दाबी नपुग्ने फैसला गरेपछि भुवनको मानहानि भएको ठहर भएन।

तीन वर्षअघि भुवन र साम्राज्ञीबीच सामाजिक सञ्जाल र सञ्जार माध्यममा आरोप प्रत्यारोप चलेको थियो। साम्राज्ञीले भुवनले आफूलाई शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

भुवनले पनि साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोश पोखेका थिए। त्यही विवादमा भुवनले साम्राज्ञीले आफूलाई जथाभाबी आरोप लगाएर गाली बेइज्जती गरेको भन्दै १० करोड क्षतिपूर्ति माग गरेर मुद्दा दायर गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved