हिजो स्थगित राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

नेपालभ्युज

हिजो स्थगित राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण बुधबार स्थगित भएको राष्ट्रियसभाको बैठक आज विहीबार बस्दैछ ।

बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान १० बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved