‘टीओआर’ टुंग्याउन कार्यदलको बैठक जारी

नेपालभ्युज

‘टीओआर’ टुंग्याउन कार्यदलको बैठक जारी
फाइल फोटो

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंग्याउन कार्यदलको बैठक जारी छ । सिंहदरबारस्थित कानुन मन्त्रालयमा बैठक बसिरहेको हो ।

बैठकमा कानुनमन्त्री पदम गिरीका अतिरिक्त कांग्रेसका जीवन परियार र ज्ञानेन्द्र कार्की, एमालेका महेश बर्तौला र रास्वपामा शिशिर खनाल सहभागी छन् ।

कार्यदललाई संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने जिम्मेवारी छ ।

विभिन्न सहकारीमा बचत गरिएको रकम हिनामिना गरिएको र त्यसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको थियो ।

प्रमुख दलहरूबीच समिति गठनमा सहमति भए पनि त्यसको कार्यादेशको विषयमा सहमति जुट्न सकेको छैन ।

कांग्रेसले लामिछानेको नाम नै उल्लेख गरेर समितिलाई टीओआर दिनुपर्ने पक्षमा छ । एमाले र रास्वपाले भने नाम तोक्न अस्वीकार गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved