तीन दिनपछि कर्णाली करिडोर खुल्यो

नेपालभ्युज

तीन दिनपछि कर्णाली करिडोर खुल्यो

मान्म तीन दिनदेखि बन्द रहेको कालीकोट खण्डको कर्णाली करिडोर खुलेको छ । वर्षाका कारणले बन्द भएको कर्णाली करिडोर खुलेको हो ।

ठाउँ–ठाउँमा आएको पहिरोका कारणले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि आज खुलेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ । तीनदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट नरहरिनाथ गाउँपालिका–८ को खुलालु, जारकोट खण्डमा दुई ठाउँमा आएको पहिराले करिडोर बन्द भएको स्थानीय रामबहादुर बुढाले बताए ।

‘करिडोरको लालीघाट खण्ड पनि निकै जोखिममा छ’, उनले भने, ‘सान्नीत्रिवेणी गाउँपालिका–१ को लुसागाउँको डिलबाट पहिरो झरिरहेकाले करिडोरको यात्रा निकै जोखिम छ ।’

वर्षायामको बेला कर्णाली करिडोर क्षेत्र निकै जोखिम हुने गरेको प्रहरीको भनाइ छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved