गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगी घुससहित पक्राउ

नेपालभ्युज

गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगी घुससहित पक्राउ

जनकपुधाम । महोत्तरीको सम्सी गाउँपलिकाका लेखापाल र कार्यालय सहयोगी १ लाख २५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

बुधबार दिउँसो ४ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनिहरुलाई रंगेहात पक्राउ गरेको हो ।

लेखापाल रोशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  कार्यालय बर्दिवासले जनाएको छ ।

सम्सी गाउँपालिकाको वडा नं. ५ मा संचालन भएको कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बर्दिवासको टोलीले निज लेखापाल र कार्यालय सहयोगीलाई १ लाख २५ हजार घुससहित पक्राउ गरेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved