माओवादीका एजेण्डाको सुरक्षा गर्न वाइसिएललाई प्रचण्डको आग्रह

नेपालभ्युज

माओवादीका एजेण्डाको सुरक्षा गर्न वाइसिएललाई प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको युवा संगठन वाइसिएलका नेतासँग छलफल गरेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा जल्दाबल्दा समसामयिक विषयमा कुराकानी भएको वाइसियल नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए ।

दीपशिखाका अनुसार छलफलका क्रममा प्रचण्डले वाइसिएल नेतालाई माओवादीको एजेण्डाको सुरक्षा गर्न आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सुशासनको पक्षमा दृढ भएर लागि परेको भन्दै त्यसको प्रसार गर्न पनि वाइसिएललाई आग्रह गरे । प्रचण्डलाई उदृत गर्दै नेता सापकोटाले भने, ‘माओवादीको एजेण्डा अरुले खोस्ने जस्तो अवस्था देखा पर्यो । भ्रष्टाचारी नै भ्रष्टाचार विरोधी जस्ता देखा परे । नयाँ खालका भनिएकाको अवस्था पनि त्यस्तै देखियो । यतिबेला नयाँ तरिकाको क्रान्ति सुरु भएको छ। यसलाई सफल बनाउन नयाँ तरिकाले जानुको विकल्प छैन ।’

प्रचण्डले वाइसियल पदाधिकारीसँग करिब दुई घण्टा बिताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved