माओवादीको दाबी- गतिरोध हट्छ, सरकारले बजेट सदनमै प्रस्तुत गर्छ

नेपालभ्युज

माओवादीको दाबी- गतिरोध हट्छ, सरकारले बजेट सदनमै प्रस्तुत गर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले बजेट अध्यादेशबाट नल्याउने दाबी गरेका छन् ।

कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डे प्रधानमन्त्रीले सदनको गतिरोध हटाउन निरन्तर पहल गरिरहेको बताए ।
सदनबाटै बजेट आउने उनको दाबी छ ।

उनले भने, ‘‘सहकारीको विषयमा उठेको समस्या समाधान गर्नको लागि कार्यदलले काम गरिरहेको छ । सहमति जुटाउन सरकारको तर्फबाट प्रधानमन्त्रीले प्रयत्न गरिराख्नुभएको छ । सदन चलिरहेको बेलामा बजेट अध्यादेशबाट ल्याउने कुरा हुँदैन ।’’

महामन्त्री शर्माको आरोप- ‘सहकारी बन्धु गठबन्धन’ले संसद्‍मा मलाई बोल्न रोक्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved