महामन्त्री शर्माको आरोप- ‘सहकारी बन्धु गठबन्धन’ले संसद्‍मा मलाई बोल्न रोक्यो

नेपालभ्युज

महामन्त्री शर्माको आरोप- ‘सहकारी बन्धु गठबन्धन’ले संसद्‍मा मलाई बोल्न रोक्यो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सत्ता गठबन्धनलाई गठबन्धनलाई ‘सहकारी बन्धु गठबन्धन’को संज्ञा दिएका छन् ।

संसद् बैठक स्थगन भएपछि बाहिर सञ्चारकर्मीसँग बोल्दै शर्माले सहकारी ठगी प्रकरण र गिरीबन्धु टी स्टेट हिनामिना प्रकरणबाट बच्न बनेको गठबन्धनको आरोप लगाए ।

संसदीय छानबिन समिति नबनाउँदासम्म संसद्को कामकारवाही अघि बढ्न नदिने रणनीति लिएको दोहोर्‍याउँदै महामन्त्री शर्माले ‘सहकारी बन्धु गठबन्धन’ले हामीलाई बोल्न दिएन ।

आज आफूले बोल्न तयारी गरेर गए पनि बोल्न नदिएको उनले सुनाए । ‘‘प्रतिपक्षीले संसद्मा उठाउनुपर्ने धेरै विषय छन् । एक विषय हो सहकारी ठगी विषय र अर्को हो गिरीबन्धु टी स्टेट प्रकरण । यो बारेमा दलले अर्को दललाई बचाउने नियत लिएको छ । यसकारण संसद बन्धक छ । तर, उल्टै यी न्यूज लेख्ने मिडियाका सञ्चालकलाई पक्राउ गरिएको छ’’ शर्माले भने ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल कांग्रेसका सा‌सदहरू आशनबाट उठेका थिए ।

बैठक सुरू हुने बित्तिकै बोल्न पाउने माग गर्दै  उठेपछि बैठक स्थगन भयो ।

प्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेको नाम किटान गर्ने विषयमा दलहरूबीच सहमति नहुँदा कार्यदलको बैठक निष्कर्षविहीन हुँदै आएको छ । शुक्रबार बिहान बसेको कार्यदल बैठकले पनि निष्कर्षविहीन बनेको छ ।

माओवादीको दाबी- गतिरोध हट्छ, सरकारले बजेट सदनमै प्रस्तुत गर्छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved