प्रधानमन्त्री प्रचण्डले थाले चीन भ्रमणको तयारी

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले थाले चीन भ्रमणको तयारी
फाइल फोटो

काठमाडौं । भारत भ्रमणबाट फर्केको केही सातापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणको तयारी थालेका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जान लागेको बताएका हुन् ।

सोमबार कैलालीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमण दुई देशको आपसी हितमा केन्द्रित हुने बताए ।

बेइजिङस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको भ्रमणको तयारी गरिरहेको जनाइएको छ । भ्रमणको मिति भने टुंगो लागिसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved