कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

शुक्रबार धनुषा जिल्ला अदालतले थप ३ दिनको म्याद थपेको हो ।

जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश भएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए । यसअघि तीन दिनका लागि हिरासतमा राख्न आदेश दिइएको थियो ।

आज वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्तहरु रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले सिरोहियाको पक्षमा बहस गरेका थिए ।

नागरिकता किर्तेसम्बन्धी कसुरमा सिरोहियालाई काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाटै यही मंगलबार पक्राउ गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved