ओसामा बिन लादेनको नाममा बियर बनेपछि किन्नेको घुँइचो, कम्पनीले बन्द गर्‍यो वेबसाइट

नेपालभ्युज

ओसामा बिन लादेनको नाममा बियर बनेपछि किन्नेको घुँइचो, कम्पनीले बन्द गर्‍यो वेबसाइट

काठमाडौं । अल कायदाका संस्थापक ओसामा बिन लादेनको नाममा बनाइएको मदिराले बेलायतमा हलचल मच्चाएको छ ।

१३ वर्षअघि मारिएका लादेनको नाम बेलायतमा एउटा बियरमा राखिएको छ । बोतलमा लादेनको तस्वीर पनि छ । रक्सी कम्पनी मिचेल ब्रूइंगले यसलाई बनाएको हो ।

कम्पनीको बियर ब्रान्ड ‘ओसामा बिन लागर’ को तस्वीर सामाजिक सञ्जालमा देखा परेसँगै यो किन्नेको घुँइचो नै लागेको थियो । यसको माग यति बढ्यो कि मदिरा उत्पादन गर्ने कम्पनीले आफ्नो वेबसाइट र फोन नम्बर बन्द गर्नुपर्‍यो ।

यो मदिरा कम्पनी विश्वका नेताको नाममा मदिरा बनाउनका लागि चिनिन्छ । यसले उत्तर कोरियाका नेता किम जोङ अनको नाममा किम जोङ एले र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाममा पुटिन पोर्टर नामक मदिरा उत्पादन गर्दछ ।

रक्सी कम्पनीका मालिक ल्यूक मिचेलले आफू र श्रीमतीलाई लादेनको नाममा बियरका लागि हजारौं सन्देश र सूचना प्राप्त भएको बताएका छन् ।

कम्पनीको वेबसाइटका अनुसार ओसामा बिन लागर सिट्रस स्वादको हल्का ताजा लागर बियर हो । यसको लेबलमा सन् २०११ मा मारिएका अल कायदा नेताको कार्टुन  छ ।

अमेरिकाको वर्ल्ड ट्रेड टावरमा भएको आक्रमणमा लादेनको नाम आएको थियो । जसले उनलाई रातारात विश्वमा चर्चित बनायो । बियरको बिक्रीबाट यो स्पष्ट हुन्छ कि लादेनको मृत्यु भएको वर्षौं बितिसक्दा पनि मानिसले उनको अनुहार बिर्सेका छैनन् ।

लिंकनशायरको बिलिङहेमा रहेको वाइन फर्म ल्यूक र उनकी श्रीमती क्याथरिन मिचेलद्वारा सञ्चालित छ ।

उनीहरूले बियरका धेरै तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved