रङ्गमञ्च

मण्डलामा ‘हिउँ भन्दा चिसो’ (तस्वीरहरु)

असार ८ गतेदेखि मञ्चन भएको, सस्पेन्स थ्रिलर विधाको यो नाटकमा मुख्यत तीन चरित्र छन्। एउटा कुशक डाक्टरको व्यावसायिक धर्म, एक असल श्रीमानको दायित्व अनि श्रीमतीको बच्चाप्रतिको आशा र मायामा नाटक रुमल्लिएको छ।

मण्डलामा ‘हिउँ भन्दा चिसो’ (तस्वीरहरु)

काठमाडौं। नयाँ बानेश्वर थापा गाउँ स्थित मण्डला थिएटरमा अहिले भारतीय लेखक सौरभ शुक्ला द्वारा लिखित नाटक “बर्फ” को नेपाली रुपान्तरण गरिएको नाटक “हिउँ भन्दा चिसो” मञ्चन भइरहेको छ।

असार ८ गतेदेखि मञ्चन भएको, सस्पेन्स थ्रिलर विधाको यो नाटकमा मुख्यत तीन चरित्र छन्। एउटा कुशल डाक्टरको व्यावसायिक धर्म, एक असल श्रीमानको दायित्व अनि श्रीमतीको बच्चाप्रतिको आशा र मायामा नाटक रुमल्लिएको छ।

एउटा आमाले सन्तानलाई गर्ने अमूल्य माया, निःसन्तान दम्पतीको सन्तानप्रतिको आसक्ति र एउटा डाक्टरको आफ्नो व्यावसायिक धर्ममा नाटकको बिषयबस्तु समेटिएको छ। नाटकले एउटी आमाको चिसो मनका कथा भन्छ र सत्यको नजिक पुर्‍याउँछ ।

कर्णालीको सेरोफेरो र लवजमा प्रस्तुत गरिएको वियोगान्त नाटक हिउँ भन्दा चिसोले “हामीले देखेको कुरा मात्र सत्य मात्र सत्य होइन, कतिपय नदेखिने सत्य पनि छन्” भन्ने प्रस्ट्याउन खोजेको छ।

सोमनाथ खनाल द्वारा निर्देशित नाटकमा भोलाराज सापकोटा, रेणु नाथ योगी र गोबिन्द सुनारको जिवन्त अभिनय रहेको छ। नम्रता केसीले नेपाली रुपान्तरण गरेको नाटक यहि श्रावण १४ गते सम्म सोमबार बाहेक हरेक दिन साँझ ५:४५ बजे मञ्चन हुनेछ।

शनिबार भने २:३० बजे अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved