विश्वकप फुटबल छनोट : नेपालको प्रारम्भिक टोली घोषणा

नेपालभ्युज

विश्वकप फुटबल छनोट : नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप फुटबल प्रतियोगिता छनोटको लागि नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेका हुन्। प्रशिक्षक भिन्सेन्जोले ३० खेलाडीको नाम समावेश गर्दै टोली घोषणा गरे। एन्फाले बन्द प्रशिक्षण अगस्ट १ बाट सुरु हुने जनाएको छ।

प्रारम्भिक टोलीमा गोलकिपर किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, र अनिष देउजा रहेका छन्। अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, सनिष श्रेष्ठ, विमल पाण्डे, देवेन्द्र तामाङ, अन्जन राई, छिरिङ लामा, अन्जन महर्जन, र सीमान्त थापा डिफेन्डरमा रहेका छन्।

मिडफिल्डरमा भने नवयुग श्रेष्ठ, आयुष घलान, अन्जन विष्ट, मनीष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, दिनेश हेन्जन र जिलेस्पी जंग कार्की रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved