आगलागीमा घाइते भएका युवकको मृत्यु

नेपालभ्युज

आगलागीमा घाइते भएका युवकको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं। भक्तपुरमा ग्यासको सिलिन्डर लिक भएर आगलागी हुँदा गम्भीर भएका एक युवकको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका-९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved