संसद बैठक बस्दै, बजेटमाथि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने

नेपालभ्युज

संसद बैठक बस्दै, बजेटमाथि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

प्रतिनिधि सभाको बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक ११ बजे बोलाइएको छ । आज बुधवारको बैठकमा विनियोजन विधेयक माथिको छलफल जारी रहनेछ । सोही क्रममा विनियोजन (बजेट) विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved