कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा दिइने

कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा दिइने

सुर्खेत। कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवत्ता निधिराज न्यौपानेले बताए ।

‘२०७९ साल चैत्र २९ गते बसेको मन्त्री परिषद्को बैठकले असार १५ गते धान दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।’ उनले भने,‘जुम्लाबाहेक कर्णाली प्रदेशका नौ जिल्लामा बिदा हुने भएको छ ।’

जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएकाले प्रदेश सरकारले गत चैत १२ गते नै सार्वजनिक बिदा दिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved