रोमानियाको कन्सर्टमा गाउँदागाउँदै प्रकाश सपूतमाथि बोतल प्रहार

नेपालभ्युज

रोमानियाको कन्सर्टमा गाउँदागाउँदै प्रकाश सपूतमाथि बोतल प्रहार

काठमाडौं। रोमानियामा गायक प्रकाश सपूतमाथि आक्रमण भएको छ । नेपाली समुदायद्वारा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपूतमाथि आक्रमण भएको हो। उनी गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका बेला कन्सर्टमा सहभागी एकजनाले क्यान बोतल प्रहार गरेका हुन् ।

दर्शक दीर्घाबाट प्रहार गरिएको बोतल सीधै सपूतको अनुहारमा लागेको थियो । उनको निधारमा सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ । सपूतले ‘बोल माया’ गीत गाइरहँदा मादक पदार्थ सेवन गरेका व्यक्तिले  बोतल प्रहार गरेका थिए । त्यसपछि कन्सर्ट आधा घण्टा जति स्थगित भएको थियो ।

‘याद नेपाली म्युजिक फेस्टिभल भाग २’ नामक उक्त कन्सर्टमा प्रीति आले र प्रकाश सपूत सहभागी भएका थिए । कार्यक्रमलाई रोमानियास्थित नेपाली नरेश गिरीले आयोजना गरेका हुन्  ।

घटनापछि  आयोजकले बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका थिए । बोतल प्रहारको घटनालाई लिएर संगीतकर्मीले विरोध गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved