चुम्बन सामान्य हो, आँखा चिम्लिने सिन दिन्न : रेस्मा घिमिरे

नेपालभ्युज

चुम्बन सामान्य हो, आँखा चिम्लिने सिन दिन्न : रेस्मा घिमिरे

काठमाडौं ।  अभिनेत्री दिया पुनले आफूलाई हरेक चलचित्रमा फरक अभिनय गर्न रुची रहेको बताएकी छन् । उनले बिहीवार काठमाडौंमा नेपाली चलचित्र अन्तिम संस्कार सार्वजनिक हुनु पूर्वसन्ध्यामा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा यस्तो बताएकी हुन् ।

उनले आफूलाई धेरै चलचित्रमा काम गर्नुभन्दा गुणस्तरीय चलचित्रमा काम गर्न मन पर्ने बताईन् । अभिनेत्री पुनले आफू चलचित्रबाट लामो समय ग्याप हुनुको कारण पनि एउटै अभिनयको अफर आउनु रहेको र नयाँ अभिनय र पात्रका लागि अफर आएपछि मात्रै चलचित्रमा अभिनय गरेको बताईन् ।

उनले हरेक अभिनय आफूलाई निभाउनका लागि कठिन हुने र  आफूले गर्ने अभिनयको अनुसन्धान गरेर मात्रै अभिनय गर्ने गरेको बताईन् । कार्यक्रममा अभिनेत्री रेस्मा घिमिरेले अन्तिम संस्कार चलचित्रमा आफूले निभाएको भुमिका चलचित्रका लागि र आफ्ना लागि पर्याप्त रहेको बताईन् ।

उनले अब भने आफू कुनैपनि अभिनय गर्नका लागि आत्मविश्वास बढेको बताईन् । चलचित्रमा चुम्बन नेचुरल प्रोसेस भएको बताईन् । उनले माया गर्ने व्यक्तिले अर्को माया गर्ने व्यक्तिलाई चुम्बन गर्ने भएकाले सामान्य रुपमा लिनुपर्ने बताईन् । उनले आँखा चिम्लिने गरी कुनैपनि दृश्य फिल्ममा दिन नसक्ने बताईन् ।

साई प्रोडक्शन नेपालको ब्यानरमा ह्याम्साएर एकाउण्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ ।

चलचित्रमा विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी लगायतको अभिनय छ। चलचित्र असार ८ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved