सीताबिना भारत र रामबिना नेपाल अपूर्ण हुन्छ भन्ने कुरा स्थापित गर्नुपर्छ : पर्यटनमन्त्री किराती

नेपालभ्युज

सीताबिना भारत र रामबिना नेपाल अपूर्ण हुन्छ भन्ने कुरा स्थापित गर्नुपर्छ : पर्यटनमन्त्री किराती
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीताबिना भारत र रामबिना नेपाल अपूर्ण हुन्छ भन्ने कुरा स्थापित गर्नुपर्ने बताएका छन् । ९औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा लुम्बिनी पुगेर योग कार्यमा सरिक भएका मन्त्री किरातीले यस्तो बताएका हुन् ।

“सीताबिना भारत अपूर्ण हुन्छ, रामबिना नेपाल अपूर्ण हुन्छ भन्ने कुरा हामीले स्थापित गर्नु पर्दछ,” मन्त्री किरातीले भनेका छन् ।

मन्त्री किरातीले योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसँग मात्र नभइ मानवलाई योगले विश्व ब्रह्माण्डसँग र मानव कल्याणको साझा ज्ञानसँग जोडिने उनले बताएका छन् ।

May be an image of 7 people and people practicing yoga


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved