दिल्लीको बाल अस्पतालमा आगलागी, ७ नवजात शिशुको मृत्यु

नेपालभ्युज

दिल्लीको बाल अस्पतालमा आगलागी, ७ नवजात शिशुको मृत्यु

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ ।  गएराति साढे ११ बजे तिर पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आगलागीमा परेर घाइते भएका ५ जना नवजात शिशुको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १२ जना नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ । निजी बस्तीको क्षेत्रबाट आगो सल्किएको द इण्डियन एक्स्प्रेसले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved