राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

नेपालभ्युज

राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । समसामयिक राजनीतिका विषयमा छलफल गर्न राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, स्थानीय तहको अधिवेशनलगायतका विषयलाई बैठकको एजेण्डा बनाइएको छ । त्यस्तै, बैठकमा संगठन सुदृढीकरणसंगै सक्रिय सदस्यता वितरण अभियानबारे छलफल हुने पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेलले जानकारी दिए ।

बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेस हुने कार्यपत्र र प्रतिवेदनहरू समेत पास गर्ने लुइँटेलले बताए ।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्रीद्वय भाष्कर भद्रा र बर्तौलाले क्रमशः सचिवालय र संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved