‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक, साम्राज्ञी र गरिमासँग निश्चलको त्रिकोणात्मक प्रेम 

नेपालभ्युज

‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक, साम्राज्ञी र गरिमासँग निश्चलको त्रिकोणात्मक प्रेम 

काठमाडौं । फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । घनश्याम लामिछाने निर्देशित फिल्मको ट्रेलरमा फिल्मको कथावस्तु र चरित्र चित्रणबारे केही झलक देखाउँछ ।

जेठ २५ गतेदेखि रिलिज हुने ‘लण्डन टु पेरिस’को ट्रेलरमा साम्राज्ञी शाह र गरिमा शर्मा छन् । उनीहरूसँग डेब्यु अभिनेता निश्चल खड्काले निर्वाह गरेको पात्रसँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई दर्शाएको छ । गरिमाको पनि यो डेब्यु फिल्म हो ।

फिल्मको कथा यात्राको क्रममा हुने प्रेम हो । पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको पनि अभिनय छ ।

एबी इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्म्स लिमिटेडको निर्माण सहकार्य छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा छन् ।

सनिष खकुरेल र अजित केआर थापा सहनिर्माता हुन् । अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved