अभियानकर्मीको टोलीले आज राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको कार्यालय घेराउ गर्ने

नेपालभ्युज

अभियानकर्मीको टोलीले आज राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको कार्यालय घेराउ गर्ने

काठमाडौं । चुरे पहाड संरक्षणको माग गर्दै राजधानी आएका अभियानकर्मीले आज राष्ट्रपति चुरे तराई मधेस संरक्षण संरक्षण विकास समितिको कार्यालय घेराउ गर्ने भएका छन् ।

आफूहरुको मागमा सरकार उदाशिन भएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानकर्मीको समूहले समितिको कार्यालय घेराउ गर्ने जनाएको हो । ३ दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बस्दा पनि मागप्रति बेवास्ता भएकाले दबाबस्वरुप घेराउ गर्नु परेको अभियानका संयोजक सुनिलकुमार यादवले बताए ।

चुरे पहाड दोहन, उत्खनन र वन जंगल फडानीका कारण पर्यावरणमा समस्या परेको भन्दै मधेसका विभिन्न जिल्लाबाट २३ जनाको टोली २५ दिन पैदल हिँडेर बिहीबार काठमाडौं आइपुगेको हो ।

टोलीले समितिको कार्यालयमा घेराउ गर्दै ज्ञापन पत्र बुझाउने बताएको छ । संयोजक यादवले सरकारको ध्यानाकर्षणका लागि आजै माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडा पुगेर ज्ञापनपत्र बुझाउने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved