भारतीय फिल्म रोक्ने मेयर बालेनको निर्णयविरुद्ध हल व्यवसायी अदालत जाँदै

नेपालभ्युज

भारतीय फिल्म रोक्ने मेयर बालेनको निर्णयविरुद्ध हल व्यवसायी अदालत जाँदै

काठमाडौं। भारतीय फिल्म रोक्ने काठमाडौैं महानगरपालिका प्रमुख बालेनको निर्णयविरुद्ध हल व्यवसायीहरू अदालत जाने भएका छन्।  फिल्म ‘आदिपुरुष’ प्रदर्शन रोकिए पनि  अन्य भारतीय फिल्मको प्रदर्शनलाई लिएर अन्योल उत्पन्न हुँदा हल व्यवसायीहरू बालेनविरुद्ध अदालत जाने भएका हुन् ।

मेयर शाहले ‘आदिपुरुष’ विवादमा अन्य भारतीय फिल्मको प्रदर्शन रोकेपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा नेपाल चलचित्र संघ जुटेको छ । संघका पदाधिकारी सोमबार बिहानैदेखि छलफलमा जुटेका छन् ।

संघका उपाध्यक्ष गोपाल कायस्थले ढिलोचाँडो संघले अदालतमा मेयर शाहको निर्णयलाई चुनौती दिने बताउँदै यसका लागि कानुन व्यवसायीसँग परामर्श गरिरहेको राणाले बताए । उनले भोलिका लागि पनि नजिर बस्ने भएकाले गम्भीर कानुनी परामर्श गर्नुपर्ने बताए।

मेयर शाहको यो कार्यलाई कतिपयले क्षेत्राधिकारभन्दा बाहिर रहेको बताइरहेका छन् । तर, शाह स्वयंचाहिं संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको तर्क गरिरहेका छन् ।

मेयर शाहको कार्यप्रति असन्तुष्टि जनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेन्सर पास भइसकेको फिल्मलाई लिएर भएका अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved