जिप दुर्घटना हुँदा चालकको मृत्यु

जिप दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत। हुम्लाको सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको बोलेरो जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । चट्टानी भीरको उकालो सडकमा जिप अगाडि बढ्न नसकेर ब्याक भएपछि नदीमा खसेको हो।

सोमबार बिहान साढे सात बजे च्याछरामा कर्णाली प्रदेश ३०१०२२ च ५१२६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा शान्तिपुर–२ धनुषा जनकपुरका चालक ३० वर्षका चालक राजेश हेन्जन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए ।

‘उकालो भीरमा गाडी चढ्न नसक्ने भन्दै चालक तामाङले १२ जना यात्रुलाई झारेर आफूले गाडी चलाएका थिए ।’ उनले भने,‘चालकको मृत्यु भए पनि दुर्घटनाबाट ठूलो मानवीय क्षति हुनबाट जोगियो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved