‘आदिपुरुष’बारे भुवन केसी भन्छन्– बोर्डले भनेको नमान्दा यो स्थिति आयो

उनका अनुसार नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व त्यस फिल्ममा रहेका विषयमा कुनै विवाद सृजना नहोस् भनेर त्यो नियम ल्याइएको थियो।

नेपालभ्युज

‘आदिपुरुष’बारे भुवन केसी भन्छन्– बोर्डले भनेको नमान्दा यो स्थिति आयो

काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हिन्दी चलचित्र ‘आदिपुरुष’ को विवादबारे मुख खोलेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आदिपुरुषको संवादलाई लिएर काठमाडौंमा सो सिनेमा चलाउन नदिने जनाएको प्रसङ्ग जोड्दै बोर्डले भनेको नमान्दा यो स्थिति आएको पनि उनले जनाए।

‘‘कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिन अगाडि सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो,’’ उनले भनेका छन्, ‘‘विरोधका बावजुद कम्तीमा सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केही चल्तापुर्जाहरुलाई ऐठन भयो र तीन दिनमा झारियो। तीन दिनको कुरामा पनि विरोध हुन छोडेको छैन।’’

काठमाडौंका हलमा प्रदर्शनमा आयो ‘आदिपुरुष’

उनका अनुसार नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व त्यस फिल्ममा रहेका विषयमा कुनै विवाद सृजना नहोस् भनेर त्यो नियम ल्याइएको थियो।

नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियतालगायतका संवेदनशील कुराहरूमा समय लिएर सुल्झाउन सकियोस्, नेपालमा प्रदर्शन हुने कुनै पनि फिल्मले हाम्रो स्वाधीनता, हाम्रा विभूतिहरू माथिको दाबी, सीमा लगायत बिषयमा त्रुटी वा नियत भेटिए सच्याउन सकियोस् भन्ने ध्येयले बोर्डले नियम ल्याउन लागिएको उनले भनेका छन्।

भारतको बहुप्रतिक्षित फिल्म आदिपुरुषका बारेमा उनले भनेका छन, ‘‘पछिल्लो समय भारतीय फिल्म आदिपुरुषको संवादलाई लिएर जुन विवाद शृजना भएको छ, यसले विदेशी फिल्मको वकालत गर्ने कसैलाई पनि फाइदा गरेको छैन। यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताहरुकै प्रमुख हात छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved