काठमाडौंका हलमा प्रदर्शनमा आयो ‘आदिपुरुष’

सीतालाई ‘भारतीकी छोरी’ भन्ने संवाद रहेको बाहिरिएपछि विवादमा तानिएको  भारतीय फिल्म ‘आदिपुरुष’ प्रदर्शनमा आएको छ। प्रभास स्टारर भारतीय फिल्म ‘आदिपुरुष’ काठमाडौं उपत्यकाका हलहरूमा प्रदर्शनमा आएको हो।

नेपालभ्युज

काठमाडौंका हलमा प्रदर्शनमा आयो ‘आदिपुरुष’

काठमाडौं। सीतालाई ‘भारतीकी छोरी’ भन्ने संवाद रहेको बाहिरिएपछि विवादमा तानिएको  भारतीय फिल्म ‘आदिपुरुष’ प्रदर्शनमा आएको छ। प्रभास स्टारर भारतीय फिल्म ‘आदिपुरुष’ काठमाडौं उपत्यकाका हलहरूमा प्रदर्शनमा आएको हो।

मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकामा हलहरूमा ११ बजेबाट आदिपुरुष प्रदर्शन भइसकेको छ। बिहानको शोहरू सुरक्षाका कारण स्थगित भए पनि ११ बजेपछिका शोहरु सञ्चालन भइरहेको क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरीले बताइन्।

‘क्यूएफएक्सका ७ वटा हलका बिहानका शोहरु रद्द भएपछि हामीले पैसा नै फिर्ता गर्नुपर्‍यो। ११ बजेपछिका सबै शोहरु रिलिज भइरहेका छन्,’ उनले भनिन्।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भारतमा पनि सीता भारतकी छोरी भनिएको शब्द नहटाएसम्म काठमाडौंमा फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन्।

बालेको चेतावनी पछि सामाजिक सञ्जाल पक्ष र विपक्षमा बाँडिएको थियो। फिल्म बहिष्कार गर्नुपर्छ भन्ने आवाज उठेपछि सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै आज काठमाडौंका हलमा बिहानको शोहरु हुन सकेको थिएन।

उपत्यकाका मल्टिप्लेक्सहरूमा आदिपुरुष हेर्नेको उल्लेख्य उपस्थिति देखिएको छ। ओम राउत निर्देशित यस फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खान र सनी सिंह मुख्य भूमिकामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved